गायिका दुर्गा खरेलको नयाँ गीत ‘भेटेर सुनाउनु छ’ सार्वजनिक

आइतबार, ०२ बैशाख २०७५, १५ : ५४

काठमाडौं  । नेपाली गीत संगीतमा परिचित गायिका दुर्गा खरेलले नयाँ गीत ‘भेटेर सुनाउनु छ ’ल्याएकी छन् । चलचित्र र सुगम संगीतमा चर्चा कमाएकी दुर्गाको स्वर रहेको यो गीत फरक शैलीमा आएको छ ।

अमृत रेगीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा गायिका दुर्गाको स्वर बोल्ड र स्टाइलिस सुनिएको छ । दुर्गालाई गीतमा गायक फिरोज बस्नेतले साथ दिएका छन् ।गीतको भिडियो पनि बनेको छ । जसमा प्रियंका कार्की र मोडल पवन शर्माले अभिनय गरेका छन् । निसान घिमिरेको निर्देशन, बिकास दाहालको सम्पादन रहेको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन् । भिडियोमा नृत्य भने सुरेन्द्र बसेलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस