अफगानिस्तानमा तालिवान आक्रमणमा चार प्रहरीसहित २० मारिए

आइतबार, ०२ बैशाख २०७५, १५ : ५०
अफगानिस्तानमा तालिवान आक्रमणमा चार प्रहरीसहित २० मारिए

काबुल । अफगानिस्तानमा भएका दुई वटा छुट्टाछुट्टै गोली हानाहानका घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार आइतबार बिहान सात जना तालिवान लडाकू र दुई जना बन्दुकधारी हेरात प्रान्तको चिस्ती सारिफ जिल्लामा मारिएका छन् । मारिएकामध्ये एक जना नस्रुल्लाह बाग्घिसी नामका तालिवान डिभिजन कमाण्डर पनि रहेको समाचारमा जनाइएको छ ।

त्यसैगरी पूर्वी गाज्नी प्रान्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकू गरी ११ जना मारिएका छन् । लडाकूहरूले स्थानीय सुरक्षा कार्यालयमा सुरक्षाकर्मीहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि भएको दोहोरो भिडन्तका क्रममा उनीहरू मारिएका हुन् ।
जघातो जिल्लामा शनिबार राति सो भिडन्त भएको प्रान्तीय सरकारका प्रवक्ता हारिफ नुरीले सिन्ह्वालाई जानकारी दिनुभयो । एक अर्कालाइ गोली हानिरहेको अर्काे एक घटनामा परी पाँच जना लडाकू र केही प्रहरी घाइते भएको प्रहरीले स्रोतले जनाएको समाचारमा उल्लेख छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस