अत्यावश्यक वस्तुको मूल्य निर्धारण मापदण्ड बन्दै

पत्रपत्रिकाबाट

मंगलबार, १९ साउन २०७८, ०८ : ५६
अत्यावश्यक वस्तुको मूल्य निर्धारण मापदण्ड बन्दै

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक वस्तुको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्ने भएको छ । उत्पादकदेखि बजारसम्म पुग्दा विचौलियाका कारण वस्तु महँगो भएर उपभोक्ता ठगिन थालेपछि यसलाई नियन्त्रण गर्नका लागि विभागले मापदण्ड तयार गर्न लागेको हो ।

हालसम्म नेपालमा मूल्य निर्धारण सम्बन्धी स्पष्ट मापदण्ड छैन भने विचौलियाको सक्रियताले उत्पादनहरु महँगो भएका छन् । विभागका अनुसार बजारमा हाल वस्तुअनुसार चारदेखि ९ तहसम्म मूल्य निर्धारण हुँदा बिचमा कमिसन सिर्जना भई उपभोक्ता ठगिने गरेका छन् ।

विभागका महानिर्देशक प्रकाश पौडेलले बजारमा भएको अस्वभाविक मूल्यको तह नियन्त्रण गर्नका लागि अत्यावश्यक वस्तुको मूल्य निर्धारण सम्बन्धि मापदण्ड तयार गर्न लागिएको जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस