ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका ज्याकोबलाई स्वर्ण पदक

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, ११ : २२
ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका ज्याकोबलाई स्वर्ण पदक

एजेन्सी । टोकियो ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका लेमन्ट मार्सेल ज्याकोबले स्वर्ण पदक जितेका छन् ।

उपाधि दावेदार मानिएका अमेरिकी खेलाडी फ्रेड कर्लीलाई शुन्य दशमलब शुन्य चार सेकेण्डले पछि पार्दै ज्याकोबले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दुरी ९ दशमलव आठ शुन्य सेकेण्डमा पुरा गरे ।

यो वर्ष सबैभन्दा छिटो दौडिएका विश्व च्याम्पियन क्रिश्चियन कोलम्यान र ट्रेभोन ब्रोमेलको अुनपस्थितीमा ज्याकोबले अप्रत्याशितरुपले स्वर्ण पदक जितेका हुन् । सय मिटर दौडका अहिलेसम्मकै स्टार खेलाडी जमैकाका युजेन बोल्टले सन्यास लिएपछि यो स्पर्धाको उपाधि होड खुला भएको थियो ।

प्रतिक्रिया दिनुहोस