कैलाली । कैलाली प्रहरीले १२ ग्राम ६ सय ३० मिलिग्राम लागु औषध खैरो हेरोइन सहित १ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २५ वर्षीय जितेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बिहीबार दिउँसो विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भजनी र कैलालीको संयुक्त प्रहरी भजनी नगरपालिका ५ स्थित कौवाखेडा घाटबाट पक्राउ गरेको हो
युपी ३१ एएफ ८१६७ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई शंका लागि चेकजाँच गर्दा सो लागु औषध फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
तत्काल उनलाई प्रहरीले पक्राउ गरी लागु औषध खैरो हेरोइन शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ साउन २०७८, १५ : ५१
लेखकबाट थप