चीनबाट आठ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदै

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १४ : ११
चीनबाट आठ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदै

काठमाडौँ । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । दिउँसो नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।

सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज खोपको अन्तिम खेप खोप आज आइपुग्न लागेको हो।शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।

चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले आउँछ भन्नेबारे टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस