म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । धवलागिरी –७ बादिका ताकमदेखि दरबाङहुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बादिकाको भीरबाट खसेको हो ।
दुर्घटनामा परि सोही स्थानका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्किएका थिए। चालकसहित ८ जना सामान्य घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाटीमा चोट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।
सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जीपभित्रै रहेका यात्रुहरु बाँच्न सफल भएका छन् । जीपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ साउन २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु