मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुल्ला

रासस

विहीबार, १४ साउन २०७८, १२ : ५२
मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुल्ला

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आजबाट खुल्ला भएको छ । कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि न्यूनतम् १० कित्तादेखि आवेदन दिन पाइने कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । त्यसैगरी, २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस