काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से २९ अंकले बढेर ३ हजार ७९ विन्दुमा पुगेको छ ।
यस दिन बैंकिङ, व्यापार, होटल तथा पर्यटन, माइक्रोफाइनान्स समूहबाहेक अन्य समूह हरियो रहे । उत्पादन समूह सर्वाधिक ३ सय ५ अंकले बढ्दा जीवन बीमामा २ सय ६० अंकको सुधार आयो । निर्जीवन बीमा १ सय २० अंकले बढ्दा माइक्रोफाइनान्स समूह १ सय १६ अंकले घट्यो ।
मंगलबार मल्टीपर्पोज फाइनान्स, खानीखोला हाइड्रो, युनाइटेड मोदी हाइड्रो, नेपाल हाइड्रो, जोशी हाइड्रो लगायतका १४ वटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । यस्तै सर्पोट, उन्नति सहकार्य, जनउत्थान सामुदायिक माइक्रोफाइनान्सका लगानीकर्ताले ४ देखि ६ प्रतिशतले गुमाएका छन् ।
यस दिन शेयर बजारमा २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक १० अंकले घट्यो
सेयर कारोबार ९ अर्ब नाघ्यो
साताको सेयर बजार : २.५ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार
बढेको सेयर बजारमा घट्यो कारोबार
१२.५८ अंकले बढ्यो बजार, परिसूचक २६०१ बिन्दुमा