थाहा पाउनुहोस् किन आउँछ आँखाबाट आँसु ?

एजेन्सी

मंगलबार, १२ साउन २०७८, १२ : ०९
थाहा पाउनुहोस् किन आउँछ आँखाबाट आँसु ?

काठमाडौं । सामान्यतया आँखाबाट आँशु बग्नुलाई सामान्य प्रक्रिया मानिन्छ । तर, चिकित्सा विज्ञानका अनुसार विभिन्न हर्मोन वा अन्य कारणले आँखाबाट आँशु आउने गर्दछ । आँखा धमिलो देखिने, अप्ठ्यारो हुने तथा आँशु गालामा बगिरहने अवस्थलाई आँशु बगिरहने अवस्था भन्छन् । आँशु ग्रन्थीमा बढी मात्रामा उत्तेजित भएमा आँसु बढी आउँछ । आँशु बग्ने कारणहरुलाई निम्नअनुसार छन् ।

१. मनोजन्य उत्तेजनाः रुँदा र हाँस्दा ।
२. कर्निया वा कन्जुक्टाइभामा इरिटेशन भएमा, सुजन भएमा, पिरो भएमा, धुँवा भएमा ।
३. हाइ गर्दा, खोकी लाग्दा,रुघा लाग्दा, उल्टी हुँदा ।
४. चहकिला उज्यालोमा पनि आँसु आउने गर्दछ ।
आँशु बग्ने बाटो बन्द भएमा :
१. जन्मजात बाटो बन्द भएमा
२. क्यानालीकुलाइटिस, डाक्रोसिस्टाइटिस, आँशु ग्रन्थीमा क्यान्सर भएमा ।
३. नाकका रोगहरु स्पोष्लिप, ट्युमर ।
४. लैक्रमिल पम्प फैलियरः बैल्स पाल्सी एक्टेपियन ।
मुल्याङ्कन
१. आँशु नली बन्द भएकोमा एकापट्टीको आँखाबाट मात्र आँशु बग्छ । यो कुनै पनि इरिटेशनसँग सम्बन्धित हुँदैन । चिलाउँदा वा प्रकाशसँग पनि सम्बन्धित हुँदैन ।
२. बेल्स पिल्सको वृत्तान्त बढी महत्वपुर्ण छ । यसले लेक्रिमल पम्प फेल भएको जनाउँदछ ।
लक्षणहरुः रातीको बेलामा र बिहान उठ्ने बित्तिकै बढी आँखा सुख्खा हुन्छ । आँखा बिझाउने, आँखामा बालुवा परेको जस्तो हुने, एकछिन आँखा तिरमिराउने, म्यूकस, उज्यालोमा हेन नसकिने, हावा सहन नसक्ने हुन्छ ।
विशेष परीक्षण स्
१. कोठाको तापक्रम घटाउने
२. गगल्स लगाउने
३. आँशुको बदला कृक्रिम आँशु राख्ने
उपचार
१० पटक दिनमा ४ पटकका दरले औँलाले कोषबाट नाकसम्म चोर औँलाले थिच्दै मालिस गर्ने । यो प्रक्रिया अपनाउँदा ६ महिनासम्ममा सुधार हुन्छ । कुनै सर्जनले १ वर्षसम्म पनि मालिस गर्न सल्लाह दिँदै आएका छन् । एन्टिवायोटिक्समा सल्फासेटामाइक वा क्क्लोरामफेनिकल प्रयोग गरिन्छ । ९०–९५ प्रतिशतसम्म यो प्रविधिबाट ठीक हुने गरेको विज्ञ बताउँछन् । यदि ठीक नभएमा १०–१२ महिनाको उमेरमा पुरै बेहोस गरेर प्रोविङ्ग गरिन्छ । प्रोविङ्गबाट पनि ठीक नभएमा सीलिकन ट्युब ६ महिनासम्म राखिन्छ ।
आशुँ बगिरहने उपचार नगरे के हुन्छ त रु
१. दीर्धकालीन कन्जुक्टिभाइटिस
२.एक्कासी वा दीर्घकालीन कन्जुक्टिभाइटिस
३. लेक्रिमल एब्सेस
४. अर्विटल र फेसियल सेलुलाइटिस
५. लेक्रिमल ओष्टीओमाइलेटिस
६. कर्नियल अल्सर

प्रतिक्रिया दिनुहोस