२७ किलो गाँजासहित एकजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, ११ : २२
२७ किलो गाँजासहित एकजना पक्राउ

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट २७ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।

गाँजासहित प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–४ निवासी वर्ष ६० को बासुदेव माझीलाई पक्राउ गरेको हो।

सोमबार राति ९ बजे उनी पक्राउ परेका हुन्। उनको साथबाट दुई वटा बोरामा २७ किलो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए

प्रतिक्रिया दिनुहोस