काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा वर्षा हुने जनाएको छ ।मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा सामान्य वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?