पाल्पा । शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे घरबाट भैंसी किन्न हिँडेका थिए ।
घरबाट निस्किएको केही समयमा नै अमिले गाउँकै दोबाटो भन्ने स्थानमा पुगेपछि बाटोमा ढलेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो । गएराति उनको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, ११ : ५६
लेखकबाट थप