झापामा श्रोत नखुलेको ४० लाख बढी रकमसहित एकजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०९ साउन २०७८, १७ : २१
झापामा श्रोत नखुलेको ४० लाख बढी रकमसहित एकजना पक्राउ

झापा । झापामा श्रोत नखुलेको ४० लाख बढी रकमसहित एकजना पक्राउ गरेको छ ।  जिल्लाको झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस