चुनावपछि आँफै प्रधानमन्त्री हुने सपना : देउवा

आइतबार, १७ मंसिर २०७४, १६ : ०३
चुनावपछि  आँफै प्रधानमन्त्री हुने सपना : देउवा

कैलाली १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने दाबी गरेका छन् । लोकतान्त्रिक गठवन्धनले बहुमत ल्याउने र त्यसपछि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार कैलालीमा आयोजना गरेको चुनावी साक्षात्कारमा बोल्दै  उनले  भने-” लोकतान्त्रिक गठवन्धनको बहुमत आउँछ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ, त्यो सरकारको नेतृत्व मैले गर्छु ।”

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको तर्फ अघि बढ्ने भन्दै प्रधानमन्त्री  देउवाले २१ गतेको चुनाव सम्पन्न भएपछि गणतन्त्री कार्यान्वयन हुने बताए ।

प्रतिक्रिया दिनुहोस