चितवन । चितवन । राप्ती ३ निवासी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नाताले उनकै दाजु पर्ने युवक पक्राउ परेका छन् ।
चितवन प्रहरीले सुजिताको ठूलोबुबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डरीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सुकदेवलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच प्रेमसम्बन्ध रहेको प्रहरीको भनाइ छ । उनीहरुले विवाह गर्नेसम्मको तयारी गरिरहेका चितवन प्रहरीले जनाएको छ । सुजिताले विवाहको प्रस्ताव राखेपछि मनमुटाव सुरु भएको प्रहरीको भनाइ छ । सुजिताको विहेको प्रस्तावलाई सुकदेवले अस्वीकार गर्दै आएका थिए ।
असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । उनको शवनजिकै विषादीको बट्टासमेत फेला परेको थियो । सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीलेले चितवन प्रहरीमा आत्महत्या दुरुसाहनको मुद्दा दर्ता गरेकी छन् । आत्महत्या दुरुसाहनअन्तगर्त सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुरअन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १५ : ४५
लेखकबाट थप