काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिएका छन् । शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा रामशरण महतलाई जिम्मेवारी दिएका छन् ।
कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा बसेका नेताहरुको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभापति देउवाले शुक्रबार नै उनीहरुको माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
सानेपामा धनुषाका तीन नेता पाँच दिनदेखि आमरण अनशनमा छन् । पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा. चन्द्रमोहन अधिकारीसहित तीन नेता आमरण अनशनमा छन् । उनीहरुको स्वास्थ्य बिग्रदै गएको छ । त्यस्तै बारा र सर्लाहीका नेता कार्यकर्ता पनि धर्नामा छन् । बिहीबारदेखि बाराका संस्थापन पक्षका करिब दुई सय नेता कार्यकर्ता पनि धर्नामा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न देउवाको निर्देशन