भीम रावलले लिए सांसद पदबाट दिएको राजीनामा फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १२ : ३७
भीम रावलले लिए सांसद पदबाट दिएको राजीनामा फिर्ता

काठमाडौं । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । 

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस