इन्डोनेसिया । इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए ।
उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन् ।
खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन् । इन्डोनेसियामा सामुद्रीक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०७ साउन २०७८, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु