ओलीबिनाको एमाले बनाउन सकिने माधव नेपाल समूहको दावी

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, २० : २६
ओलीबिनाको एमाले बनाउन सकिने माधव नेपाल समूहको दावी

काठमाडौं । माधव नेपाल समूहले केपी ओलीबिनाको एमाले बनाउन सकिने दावी गरेको छ । नेता नेपालले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग कुराकानी गर्दै ओलीबिनाको एमाले बनाउन सकिने तर्क गरेका छन् । 

केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले साविकको एमालेमै रहेर अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा सांसदहरुले राय दिएका र माधव नेपालले पनि त्यस्तो गर्न सकिने बताएका जानकारी दिए । 

सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरका छन् । उनका अनुसार नयाँ पार्टी बनाउने विषयमा र एमालेलाई सहीरुपमा लैजाने दुबै विषयमा छलफल भएको छ । 

सरकारमा जानेबारे भने सरकारमा सहभागिताबारे भने कानुनी परामर्श भइरहेको र सरकारमा गए वाफत सांसद पद नजाने कुराको ग्यारेन्टी भयो भने मात्रै यस विषयमा निर्णय हुने एमाले माधव पक्षले जनाएको छ । 

अर्की सांसद राकुमारी झाँक्रीले सरकारमा जाने भन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइन् । नेपाल पक्षले पार्टी विभाजन गर्ने या नगर्ने विषयमा भोलिको बैठक निर्णायक हुने बताएको छ।

प्रतिक्रिया दिनुहोस