काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक केहीबेर अघि सकिएको छ । शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई बैठकले केही पनि कारबाही गरेको छैन।
बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । बैठकमा १० बुँदे सहमति पत्र बाँडिएको थियो । माधव नेपाल समूहका २२ सांसदलाई २४ घन्टाको स्पष्टीकरण नेकपा एमालेले सोध पनि उनीहरुले कुनै जवाफ दिएनन् । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए । उनले सांसदको कारबाहीबारे केही बताएनन् । बैठक बुधबार ३ बजे फेरि बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १९ : २३
लेखकबाट थप