रौतहट । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले उनिहरुको साथबाट १ थान सिक्सर पेस्तोल बरामद गरेको छ । भारतिय नम्बर प्लेटको दुइवटा मोटरसाइकलमा सवारी उनिहरुलाई चेकजाँच गर्दा बिहारको मोतिहारी जिल्ला घर भएका देवेन्द्रको साथमा पेस्तोल फेला परेको रौतहट प्रहरीले जनाएको छ ।
तिनैजनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ साउन २०७८, १२ : २३
लेखकबाट थप