विद्युत सर्ट हुँदा फर्निचर उद्योगमा आगलागी

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १६ : २२
विद्युत सर्ट हुँदा फर्निचर उद्योगमा आगलागी

चितवन । भरतपुर ४ दुर्गाचोकमा रहेको फर्निचर उद्योगमा भएको आगलागी भएको छ । तेज इन्टरप्राइजेजमा तयारी फर्निचर, प्लाई, फर्माइका लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

उद्योग सञ्चालक तेजु निउरेका अनुसार क्षतिको यकिन विवरण तयार गरिँदै छ । ‘एक्कासी आगो बल्न थाल्यो, लाखौँ क्षति भएको छ’, उनले भने, “प्रहरीको रोहवरमा क्षतिको विवरण लिने काम भैरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापाले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए । आगलागी दिउँसो १स्१० बजे भएको थियो । भरतपुर महानगरको २ र खैरहनी नगरपालिकाको १ दमकलले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएका छन् ।

आगो नियन्त्रणमा आएको प्रवक्ता थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सहितको टोली पनि आगो निभाउन खटिएको थियो । आगलागीबाट भएको क्षति विवरण आउन केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति  भने भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस