ओलम्पिक भिलेजभित्रै भेटिए कोरोना संक्रमित

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, ११ : ४१
ओलम्पिक भिलेजभित्रै भेटिए कोरोना संक्रमित

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुन जापान पुगेका दुई खेलाडीलाई कोरोना संक्रमण भएको छ ।आगामी शुक्रबार उद्घाटन हुने टोकियो ओलम्पिकअघि ओलम्पिक भिलेजमा रहेका दुई खेलाडीमा कोभिड१९ पुष्टि भएको हो ।

टोकियो ओलम्पिक आयोजकले आइतबार दुई खेलाडीको रिजल्ट पोजेटिभ आएको जनाएको छ । तर दुवै खेलाडी जापान बाहिरको भएको पनि जनाएको छ ।

उनीहरुको नाम र अन्य कुनै विवरण भने सार्वजनिक भएको छैन ।

यस्तै आयोजकले आइतबारै अर्का एक खेलाडीमा पनि कोरोना संक्रमण भएको जनाएको छ तर ती खेलाडी ओलम्पिक भिलेजभन्दा बाहिर बसेका छन् । उनी पनि जापानभन्दा बाहिरको खेलाडी रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार १ जुलाई यता ओलम्पिकसँग जोडिएका ५५ खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । यसमा खेलाडी, प्रशिक्षणका लागि पुगेका खेलाडीहरु समेत रहेको आयोजकले जनाएको छ ।

टोकियो बेमा रहेको ओलम्पिक भिलेजमा करीब ११ हजार खेलाडी बस्छन् भने हजारौँको संख्यामा सपोर्ट स्टाफहरु समेत हुनेछन् । टोकियोमा शनिबार १ हजार ४१० नयाँ कोभिड संक्रमण देखिएको थियो । यो ६ महिना यताकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस