काठमाडौंको नागढुंगाबाट लागु औषधसहित २ युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १६ : ३०
काठमाडौंको नागढुंगाबाट लागु औषधसहित २ युवक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस