पोखराका मेयर जिसीको शल्यक्रिया सफल

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १४ : ५०
पोखराका मेयर जिसीको शल्यक्रिया सफल

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ ।

शुक्रबार बिहान एक्कासी बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो । उनलाई मस्तिष्कघात भएको मेयरको सचिवालयले जनाएको छ ।

शनिबार बिहान २ घण्टा लगाएर गरिएको हेमिक्रानिक्टोमी शल्यक्रिया सफल भएको जनाइएको छ । उपेन्द्र देवकोटा मेमोरियलअन्तर्गत सञ्चालित न्यूरोड अस्पतालको न्यूरो सर्जनहरूको टिमले उनको शल्यक्रिया गरेको हो ।हाल मेयर जिसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस