टी–ट्वान्टी सिरिजको पहिलो खेलमा पाकिस्तानद्वारा इङ्ग्ल्यान्ड २१ रनले पराजित

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १४ : ४७
टी–ट्वान्टी सिरिजको पहिलो खेलमा पाकिस्तानद्वारा इङ्ग्ल्यान्ड २१ रनले पराजित

एजेन्सी । पहिलो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ ।

गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।

इङ्ग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले १ सय ३ रनको शतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बलमा १ सय ३ रन बनाए । लिभिङ स्टोन टी–ट्वान्टीमा इङ्ग्ल्यान्डका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी समेत बने ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । यो जितसँगै पाकिस्तानले तीन खेलको सिरीजमा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस