दाङको अमिलियाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

रासस

शनिबार, ०२ साउन २०७८, १३ : २१
दाङको अमिलियाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

दाङ । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार प्रहरीले उनीहरुलाई अमिलियाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस