पाल्पामा पहिरोले पुरेर डोजर सह–चालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १२ : ०९
पाल्पामा पहिरोले पुरेर डोजर सह–चालकको मृत्यु

काठमाडौं । पाल्पाको तिनाउँ गाउँपालिकामा पहिरोले पुरेर जेसेभी डोजर सह–चालकको मृत्यु  भएको छ । तिनाउँ गाउँपालिका –६, डुम्रे स्थित भित्रि सडकमा शनिवार विहान लु १ क २४९६ नम्वरको जेसीभी  पहिरोले पुरिँदा बर्दियाको बाँसगढी नगरपालिका–४ निवासी २७ बर्षीय महेन्द्र भन्ने मुमलाल पुनको मृत्यु भएको हो । शुक्रबार साँझ गम्भीर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पाका प्रहरी  प्रवक्ता डिएसपी रामेश्वर त्वातीका  अनुसार डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसे पछि त्यसलाई  निकाल्न लु  १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबी पुगेको थियो ।  

सोही ट्याक्टर निकाल्ने क्रममा एक्कासी  माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी  पुरिदा  लु १ क २४९६ नम्बरको जेसिबी चालक  रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा  र  सह–चालक बर्दियाका पुन घाईते भएका थिए ।  बर्दिया घर भएका मृतक पुन  पाल्पाको डुम्रेमा बसोबास गर्दै आईरहेका थिए ।  चालक बुढाको  भने प्रभास अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस