सर्वोच्च अदालतमा लिए महान्यायाधिक्ता खातीले शपथ

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १५ : ४३
सर्वोच्च अदालतमा लिए महान्यायाधिक्ता खातीले शपथ

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ सर्वोच्च अदालतमै भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ गर्न अस्वीकार गरेपछि सर्वोच्च अदालतमै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले खातीको शपथ ग्रहण गराएका हुन्।

राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै खाती शपथग्रहण गराउन भन्दै परिपत्र जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस