काठमाडौँ । कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई कारगार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीले भेटेका छन्।
कर्तव्य ज्यानसहितको मुद्दामा दोषी ठहर भएर सजाय काटिरहेका कांग्रेस दलका नेता शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बनेलगत्तै आलम छुट्ने चर्चा चलिरहेका बेला विभागका निर्देशकले नख्खु पुगेर आलमलाई भेटेका हुन्।
नख्खु कारगारका जेलर चिरञ्जीवी गिरीले निर्देशक तिवारी बिहीबार ललितपुरस्थित कारगारमा आएको पुष्टि गरेका छन्। तर उनले आलमलाई भेटेको कुराबारे बोल्न अस्वीकार गरेका छन्।
स्रोतका अनुसार तिवारीले आलमसँग छुट्टै छलफल पनि गरेका थिए। तिवारीले गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा भेटेको बताए पनि यसबारेमा गृहमन्त्रालयका अधिकारीले केही बोलेका छैनन्। देउवाले यसअघि रौतहट पुगेका बेला आलमलाई छुटाउन पहल गर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १५ : २९
लेखकबाट थप