काठमाडौं । विहीबार हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानूनी सल्लाहकारको रुपमा रहेको महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेकी छन् ।
तर, राष्ट्रपति भण्डारी आफैैले नियुक्त गरेकी महान्यायाधिवक्ता खातीको शपथ शीतल निवासमा गर्न अस्वीकार गरेकी छन् ।महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको भएतापनि राष्ट्रपति भण्डारीले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी हुन् ।
राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ता खातीको शपथ गर्न परिपत्र पनि पठाएको बताइएको छ । राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै नववियुक्त महान्यायाधिवक्ता खातीको शपथको तयारी गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १५ : १६
लेखकबाट थप