विप्लव समूहका नेता ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १८ : २१
विप्लव समूहका नेता ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो ।
प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।

हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले ओलीलाई थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै उनी लामो सयमदेखि नख्खु कारागारमा थिए ।


 

प्रतिक्रिया दिनुहोस