सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १५ : ४७
सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

काठमाडौँ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्षका लागि थप गरेको छ।

सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोग र यसका पदाधिकारीहरुको म्याद एक वर्ष थप गरिएको जानकारी दिएका हुन्।

पछिल्लोपटक अध्यादेशमार्फत  आयोगको छ महिनालाई थपिएको म्याद बिहीबार सकिँदै थियो। सत्य निरूपण  आयोगको अध्यक्षमा गणेशदत्त भट्ट छन् भने बेपत्ता छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदी छन्।

प्रतिक्रिया दिनुहोस