मन्त्रिपरिषद्को बैठक आज बस्दै

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १० : ११
मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसगै आज दोश्रो पटक मन्त्रिपरिषद्को बैठक बस्दै छ । सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने बस्ने भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ । यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस