आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, ०८ : ०५
आजको मौसम कस्तो रहला ?

काठमाडौं । मौससमा बिहीबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम  वर्षा भईरहेको छ।

यसैगरी आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।