एमाले सांसदको नाराबाजीकै बीच गण्डकीमा बजेट पारित

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १७ : २३
एमाले सांसदको नाराबाजीकै बीच गण्डकीमा बजेट पारित

पोखरा । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ ।

बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले ।

अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे । र बजेट होहल्लाकै बीच बजेट पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस