चितवनमा ३ जना संक्रमितको मृत्यु, २७ डिस्चार्ज

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १६ : १९
चितवनमा ३ जना संक्रमितको मृत्यु, २७ डिस्चार्ज

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना चितवनका र एक जना मकवानपुरका हुन् ।

भरतपुर अस्पतालमा १, चितवन मेडिकल कलेजमा १ र अन्य अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनका विभिन्न अस्पतालबाट पछिल्लो २४ घन्टामा २७ जना डिस्चार्ज भएका छन् । 

चितवनका विभिन्न अस्पतालमा हाल १५ जना संक्रमित भेन्टिलेटरमा, ७३ जना आइसियुमा, ३६ जना एचडियुमा रहेका छन् । ९५ जना जनरल वार्डमा रहेका छन । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस