निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १६ : १२
निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसअघि तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै सो मितिमा चुनावको मिति घोषणा गरेपनि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस