ओली समर्थक विद्यार्थीहरुले जलाए माधव नेपालको पुतला

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १६ : ०१
ओली समर्थक विद्यार्थीहरुले जलाए माधव नेपालको पुतला

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक विद्यार्थीहरुले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन्।

माधव नेपालकै कारणले आफूले पद गुमाउनुपरेको निवर्तमान प्रधानमन्त्री ओलीको टिप्पणी पछि विद्यार्थी संगठनहरुले नेपालको पुतला जलाएका हुन्।

ओली बुधबार बालुवाटारबाट तामझामसाथ निजी निवास बालकोट फर्किएपछि नेता नेपाललाई ‘गद्दार’को संज्ञा दिएका थिए।

प्रतिक्रिया दिनुहोस