आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, ०७ : ५०
आजको मौसम कस्तो रहला ?

काठमाडौं । बुधबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज दिनभर देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको  सम्भावना रहेको छ । राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा  वर्षाको सम्भावना रहेको छ।

बुधबार बिहान  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको महाशाखाले जनाएकोछ ।