काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिँदै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलिय विपक्षी गठबन्धनको बैठकमा भोलि नै प्रधानमन्त्रीको शपथ लिएर सानो आकारको मन्त्रिमण्डल बनाउने विषयमा छलफल भएको हो ।
सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै बसेको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपुर्ण भएको भन्दै स्वागत पनि गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको बिजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।
बैठक पछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको बताए ।
उनले भने, “सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुर्नवहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्वपुर्ण फैसला गरेको छ ।
त्यसकारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौ । यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मुल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्रयाक बाहिर गएको लोकतान्त्रिक मुल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्रयाकमा आएको छ ।
सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमासहमति र सहकार्यलाई अगाडि बढाउदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्र्दभिकताका बारेमा छलmपल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रीमण्डल बन्छ र भोली बिहान फेरि पार्टीका शिर्ष नेताहरु बैठक बस्नुहुनेछ । ”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाद्वारा व्यावसायिक सिप विकास विभागमा १० सदस्य मनोनीत
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा
देउवाद्वारा काँग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत
पर्वहरू हाम्रा पहिचान हुन् : सभापति देउवा
सबै पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व हो : सभापति देउवा
द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास