इटहरीबाट खैरो हेरोइन सहित एकजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १७ : ४०
इटहरीबाट खैरो हेरोइन सहित एकजना पक्राउ

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–४ बाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ ।

तेह्रथुम घर भएका ३४ वर्षीय दुर्गाबहादुर रसाईलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

आइतबार साँझ पक्राउ परेका रसाईलीको साथबाट प्रहरीले ५३ दशमलव २ ग्राम खैरे हेरोइन, डिजिटल तराजु र ९८ हजार नगद बरामद गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले रसाईलीलाई पक्रेको हो । 

प्रतिक्रिया दिनुहोस