मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, ११ : ३३
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

असार २१ वित्तीय संस्थाले कुल ३ लाख ८९ हजार कित्ता सेयर जारी गरेकोमा कर्मचारीका लागि ०.५ अर्थात ६०५८ कित्ता तथा संस्थाका कर्मचारी र सामूहिक लगानीकोषका लागि ५ र ५ प्रतिशत सेयर छुट्याएको थियो ।

बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकोमा कुल १९ लाख ५१ हजार कित्ता अर्थात ६९ गुणा बढीले आवेदन गरेको आवदेन परेको थियो ।

३६ हजार ४९२ आवेदकले १० कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकी १९ लाख १५ हजार लगानीकर्ताले सेयर प्राप्त गर्न सकेनन् ।

कर्मचारीका लागि छुट्याइएको ६०५८ कित्तामा ७९ कर्मचारीले आवेदन दिएका थिए भने १९४५० कित्ताका लागि १३ सामूहिक लगानीकोषको आवेदन परेको विक्री प्रवन्धकले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस