कांग्रेस मानसिक रुपमा पराजित भई सकेको दावी : नेता नेपाल

आइतबार, १७ मंसिर २०७४, १३ : १८
कांग्रेस मानसिक रुपमा पराजित भई सकेको दावी : नेता नेपाल

काठमाडौं, १७ मंसिर । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार माधव कुमार नेपालले निर्वाचनबाट कांग्रेस मानसिक रुपमा हारीसकेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको साक्षात्कारमा नेता नेपालले विगतमा कांग्रेस धेरै पटक सरकारमा गए पनि जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
नेता नेपालल वाम गठबन्धनबाट नआत्तिन भन्दै कांग्रेसलाई निर्देशन गरे । वाम गठबन्धनबाट कांग्रेसको नेतृत्वमा अरु पार्टीहरु पनि ध्रुविकृत भइरहेकाले कांग्रेसलाई पनि फाइदा हुन गएकोे बताए । उनले भने, ‘हाम्रो गठबन्धनबाट अत्तालिनु पर्दैन, बरु खुसी मनाउँदा हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस