गण्डकी प्रदेशसभा बैठक पुनः स्थगित

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, १५ : ४७
गण्डकी प्रदेशसभा बैठक पुनः स्थगित

कास्की । गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बैठक पुनः स्थगित गरिएको हो ।

बजेटको बिषयलाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बैठक २ बजे शुरु गरिएको थियो । तर, बैठक शुरु हुनासाथ एमालेले पुनः अवरुद्ध गरेपछि सोमबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले एमालेको अवरोधपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस