भरतपुरमा माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष बेपत्ता

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, १२ : २९
भरतपुरमा माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष बेपत्ता

चितवन । चितवनमा ह्युम पाइपभित्र पसेका एक पुरुष वेपत्ता भएका छन् । भरतपुर-३ बाह्रघरेमा माछा मार्ने क्रममा बिहान साढे ९ बजे जमिनमुनि गाडेको ह्युम पाइपभित्र फसेका स्थानीय ३५ वर्षीय लालबहादुर श्रेष्ठ अझै फेला परेका छैनन् ।

सडक छेउको नालालाई नारायणी नदीमा ढल निकासको लागि जमिनमुनि ह्युप पाइप राखिएको थियो । चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले स्थानीयको सहयोगमा प्रहरीले श्रेष्ठको खोजी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस