योगेसको नेताहरुलाई सुझाव : मेसी र नियमारबाट संस्कार सिकौँ

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, १० : ०४
योगेसको नेताहरुलाई सुझाव : मेसी र नियमारबाट संस्कार सिकौँ

काठमाडौँ । नेकपा (एमाले) का नेता योगेश भट्टराईले नेताहरुले विश्वचर्चित फुटबलर मेसी र नियमारबाट संस्कार सिक्नुपर्ने सुझाव दिएका छन् । आज बिहान भएको कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलाई पराजित गरेको थियो।

घरेलु मैदानमै पराजित भएपछि ब्राजिलको फुटबल टोलीका कप्तालन नियमार मैदानमै रोएका थिए। पछि उनले आफ्ना प्रतिस्पर्धी अर्जेन्टिनाका कप्तान मेसीलाई अंगालो हाल्दै बिजयको लागि बधाई दिएका थिए।  

यही परिदृष्यलाई ध्यानमा राख्दै नेता भट्टराईले नेताहरुले विश्वचर्चित फुटबलर मेसी र नियमारबाट संस्कार सिक्नुपर्ने सुझाव दिएका हुन् ।
 नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिस्पर्धा र मित्रताको सँगम नै सांचो खेल हो। लजालु मेसी र चन्चले नियमार ।’

प्रतिक्रिया दिनुहोस