एमाले कार्यदलको बैठक सकियो, सहमतिको अन्तिम दस्तावेज भोली सार्वजनिक गर्ने

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १८ : ३६
एमाले कार्यदलको बैठक सकियो, सहमतिको अन्तिम दस्तावेज भोली सार्वजनिक गर्ने

काठमाडौँ ।  नेकपा एमाले विवाद समाधान कार्यदलको बैठकले शनिबार पनि सहमतिको अन्तिम दस्तावेज सार्वजनिक गर्न सकेन। बैठक शनिबार साँझ सकिएको छ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै माधव नेपाल पक्षबाट कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले बैठक सकारात्मक भएको र भोलि नै सुखद समाचार सुन्न पाइने बताए।

‘बैठक सौहार्द्रपूर्ण र सकारात्मक भएको छ,’ बिष्टले सञ्चारकर्मीहरुसँग भने, ‘भोलि सुखद समाचार आउनेछ।’कार्यदलको बैठक आइतबार फेरि बस्ने भए पनि कति बेला बस्ने भन्नेबारे बिष्टले जानकारी दिन सकेनन्।

यसअघि शनिबार कार्यदलमा नेपाल तर्फबाट सदस्य रहेका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई घरमै भेटी सहमतिको दस्तावेजबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस