बागमती प्रदेशसभाको बैठक अवरुद्ध गर्ने प्रतिपक्षी दलको चेतावनी

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १२ : १८
बागमती प्रदेशसभाको बैठक अवरुद्ध गर्ने प्रतिपक्षी दलको चेतावनी

file-photo

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलइएको छ । सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेका हुन् ।

उनीहरुले आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयमा सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेकाले बैठक सञ्चालन हुन नदिने बताउँदै आएका छन् ।

यसअघि पनि प्रतिपक्षीको विरोधका कारण सरकारले यही असार १ गते पेश गरेको बजेटमा छलफल हुन पाएको छैन ।पटक पटक छलफल गरेपनि दलिय सहमति नभएपछि यसअघि सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस